लेख, विचार र भ्लग

प्रविधि, नेपाल र सार्वजनिक जीवन।

प्रविधि, डिजिटल शासन, कृत्रिम बुद्धिमत्ता, नेपाल, अनुसन्धान र कामभन्दा बाहिरको जीवनबारे लेख तथा सार्वजनिक टिप्पणी।

प्रकाशित लेखहरू

कोरिया–नेपाल उडान : प्रतिस्पर्धाको पर्खाइ कहिलेसम्म?

कोरिया–नेपाल मार्गमा एउटै प्रत्यक्ष वायुसेवा, महँगो भाडा र ट्रान्जिटको झन्झटबीच दोस्रो सिधा उडान किन आवश्यक छ, र त्यसका लागि बजार, सुरक्षा स्वीकृति तथा दिगो सञ्चालनका आधार के हुन् भन्ने तथ्यमा आधारित विश्लेषण।

पूरा लेख यहीँ पढ्नुहोस् | क्लिकमाण्डुमा पढ्नुहोस्

नेपालको एआई कम्प्युट सपना: नयाँ सम्भावना कि अर्को ‘आईटी पार्क’?

सरकारको बजेट भाषणमा काठमाडौँको स्युचाटारमा देशकै पहिलो “सार्वभौम एआई कम्प्युट केन्द्र” स्थापना गर्ने आकर्षक घोषणा आएको छ। यो योजना नेपाललाई ज्ञान, प्रविधि र डिजिटल निर्याततर्फ लैजाने अवसर बन्न सक्छ कि अर्को महँगो प्रतीक मात्र?

पूरा लेख यहीँ पढ्नुहोस् | क्लिकमाण्डुमा पढ्नुहोस्

नेपाललाई विश्वसनीय र काम गर्ने डिजिटल राज्य आवश्यक

नयाँ सरकारले प्रविधिलाई शासकीय सुधारको मुख्य औजारका रूपमा प्रस्तुत गरेको छ। तर डिजिटल रूपान्तरण केवल एप वा पोर्टल होइन; नागरिकले भरोसा गर्न सक्ने सुरक्षित, अन्तर-आबद्ध र जवाफदेही राज्य प्रणाली हो।

पूरा लेख यहीँ पढ्नुहोस् | क्लिकमाण्डुमा पढ्नुहोस्

डिजिटल शासन : गतिसँगै सुरक्षा र मर्यादाको खाँचो

बालेन नेतृत्वको सरकार आएपछि डिजिटल शासनको चर्चा एजेन्डामा मात्र सीमित नभएर अभ्यासमा पनि देखिन थालेको छ। तर एपहरूको प्रयोगमा देखिएको हतारोले सुरक्षा, अभिलेख र संस्थागत मर्यादाका प्रश्न पनि उठाएको छ।

पूरा लेख यहीँ पढ्नुहोस् | बिकास न्युजमा पढ्नुहोस्

अनुसन्धान, भ्लग र नोट

हेलो सरकारका गुनासोले सेवा सुधारमा के बताउँछन्?

सार्वजनिक रूपमा उपलब्ध २७९ गुनासो हेरेर नागरिकले बारम्बार भोग्ने समस्या, सरकारी जवाफको क्रम र सही कार्यालयमा गुनासो पुर्‍याउन प्रविधिले कसरी मद्दत गर्न सक्छ भन्ने अनुसन्धान प्रस्ताव। नोट पढ्नुहोस्

विषयहरू

नेपालका लागि कृत्रिम बुद्धिमत्ता साना उपकरणमै चल्ने कृत्रिम बुद्धिमत्ता अनुसन्धानका अनुभव सार्वजनिक विचार शैक्षिक मार्गदर्शन यात्रा र सम्झना रोबोटसँग काम गर्दाका अनुभव